Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेरकाे लखनउमाथि जित

आईपीएलमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने

338
Shares

काठमाडाैं । रोयल च्यालेन्जर्स बैंगलाेरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बै‌गलाेरमा बुधबार राति भएको खेलमा लखनउले दिएको १ सय ४७ रनको लक्ष्य बै‌गलाेरले १५ ओभर १ बलमै पूरा गरेकाे हाे । बै‌गलाेरका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरेका थिए। त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । लखनउका लागि सबै भन्दा मिचेल मार्सले ४० रन बनाएका छन्।

बै‌गलाेरका रसिक सलामले ४ विकेट लिएका थिए । भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्ड्याले २ र जोस हेजलउडले १ विकेट लिएका छन् । योसँगै बै‌गलाेर ५ खेलमा चौथो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको हाे । बै‌गलाेर र राजस्थान रोयल्सको समान ८ अंक छ । राजस्थान दोस्रोमा झरेको हाे ।

लखनउको पाँचौं खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ । आईपीएलमा बुधबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे। । यो खेल मुम्बईमा बिहीबार राति पौने ८ बजेदेखि शुरु हुने भएकाे छ।