Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


अमेरिका र इरानलाई वार्ता जारी राख्न संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस आह्वान


39
Shares

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच भएको वार्तामा कुनै सम्झौता हुन नसकेकाे बताउनुभएको छ ।

तर साेही छलफलहरूले उनीहरूको संलग्नताको गम्भीरतालाई जोड दिएको बताउदै उहाँले नयाँ संवादतर्फ सकारात्मक र अर्थपूर्ण कदम चालेको समेत बतारउनुभएकाे हाे । प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्तिमार्फत यसकाे बारेमा जानकारी गराउनुभएको हो । पश्चिम एशियामा जारी द्वन्द्वको कुनै सैन्य समाधान नरहेको उहाँले बताउनुभयो ।

गहिरो मतभेदका कारण रातारात सम्झौता हुन नसक्ने भएकाले महासचिव गुटेरेसले वार्तालाई रचनात्मक रूपमा अगाडि बढाउन आह्वान गर्नुभएको उहाँले बताउनुभएकाे छ। युद्धविरामको पूर्ण पालना हुनुपर्ने र सबै प्रकारका उल्लंघनहरू रोकिनुपर्नेमा जोड दिइएको छ ।

हर्मुज जलसन्धि लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय कानून अनुसार स्वतन्त्र जलयात्राको सम्मान गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।