Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


पाकिस्तानी सेना प्रमुख असीमसहितको टोली तेहरानमा पुग्याे

अमेरिका-इरानबीचकाे वार्ता फेरि शुरू हुने संकेत

1.2k
Shares

एजेन्सी । अमेरिका र इरानबीच गत हप्ता भएकाे वार्ता असफल भएपछि फेरि संवाद शुरू हुनसक्ने संकेत देखिएको छ ।

पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको बीबीसीले जनाएको हाे । टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी रहनुभएकाे छ। इरान सरकारको आधिकारिक स्रोतले यो भ्रमणका तस्बिर सार्वजनिक गरेको हाे । यो भ्रमणलाई अमेरिका–इरानबीच पुनः वार्ता गराउने प्रयासका रूपमा हेरिएको छ । इरानले यसअघि वार्ता निष्कर्ष विहीन बनेपछि अहिले दुवै देशबीच पाकिस्तानी मध्यस्थतामार्फत सन्देश आदान–प्रदान भइरहेको जनाएकाे हाे।

साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालैको अन्तर्वार्तामा इरानसँग फेरि वार्ता हुनसक्ने बताउनुभएको थियो । उहाँले युद्ध अन्त्य नजिक पुगेको दावी गरे पनि आवश्यक परे थप कारबाही हुन सक्ने संकेत पनि दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन्न् । हर्मुज जलमार्गमा जहाज आवतजावतको विषय अझै अन्योलपूर्ण रहेकाे छ।

पाकिस्तानको सक्रिय कूटनीतिक पहलकाबीच अमेरिका–इरान सम्बन्ध पुनः संवादतर्फ उन्मुख हुने संकेत देखिए पनि क्षेत्रीय तनाव भने अझै कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका हुन् । दुई देशबीचको दुई हप्ते युद्ध विरामको समय आगामी हप्ता सकिंने भएकाे छ।