Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


राष्ट्रियसभाको बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडाैं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक साेमबार बस्दैछ । संसद सचिवालयले बैठक साेमबार मध्याह्न सवाँ १२ बजे सिंहदरबारमा बस्ने जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक–२०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।