Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कांग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न नदिएकाे रास्वपा सांसद खनालकाे आराेप


0
Shares

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हाे । उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएता पनि प्रदेश र स्थानीय सरकार कांग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गर्नुभयो । सांसद खनालले उक्त अस्पताल बन्न नदिन आफ्नै पार्टीको प्रदेश र स्थानीय सरकारले अवरोध गर्दा पनि कांग्रेसले त्यसमा कुनै पहल नगरेको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

सांसद खनालले संघीय संसदमा आदर्शका कुरा गर्ने कांग्रेस सांसदहरुले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो गर्नुभयो । कांग्रेस नेतृत्वको प्रदेश र स्थानीय सरकारका कारण त्यहाँका सरकारी कर्मचारी समेत पीडित भएको दावी समेत गर्नुभएकाे छ।