काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निर्क गम्भिर र आश्चर्य चकित बनाएको बताएकाे छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी सांसद रेणुका काउचाले यस्ताे बताउनुभएकाे हाे । सांसद काउचाले नेपालको संविधान, कानूनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बालबालिकाहरु रहेको उल्लेख गर्दै उनीहरुले निर्वाचित गरेका पदाधिकारी तथा केन्द्रीय सदस्यको वैधानिकतमाथि समेत प्रश्न उठेको बताउनुभयो ।
सांसद काउचाले बालबालिकाहरुलाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ, संस्थाहरु खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधान विपरित बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नुपर्छ कि पर्दैन भन्दै सरकारलाई प्रश्न समेत गर्नुभएकाे छ।
सांसद काउचाले रास्वपा संविधान र कानून भन्दा माथि नभएको उसले पनि त्यसको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने समेत बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्