Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रास्वपाको प्रदेशसभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी नेकपाकाे ठहर

गणतन्त्रविरुद्ध हुने गतिविधिको डटेर सामना गर्ने चेतावनी

13
Shares

काठमाडाैं । विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएको हाे ।निर्वाचनमा जाँदा जनताकोबीचमा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भनेर भनेको रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी बाहेक अरु केही पनि नभएको बताउनुभयो । प्रमुख सचेतक दुलालले आफहरुले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिको डटेर सामना गर्ने चेतावनी समेत दिनुभएकाे छ।

प्रमुख सचेतक दुलालले निर्वाचन अघि उचित व्यवस्थापन नगरी सुकुम्बासी बस्ती नहटाउने भनिए पनि पछि आएर उनीहरुको बिचल्ली बनाउने काम पनि सत्तारुढ दल रास्वपाबाटै भएको आरोप समेत लगाउनुभयो ।