Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


स्वयम्भूको अतिक्रमित बस्तीमा चल्यो डोजर

काठमाडाैं ।स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ। अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो। शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो। आज बिहान काठमाडौंका अन्यत्र पनि डोजर चलेको छ । माछापोखरी बालाजु लगायत विभिन्न स्थानमा नदी उकास र सडक किनारका संचरनामा डोजर चलाइएको छ।