Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


जर्मनीबाट ५ हजार अमेरिकी सैनिक फिर्ता गर्ने तयारी


1.4k
Shares

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले आगामी ६–१२ महिनाभित्र जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता गर्ने तयारी गरेको छ।

पेन्टागनका अनुसार युरोपस्थित सैन्य संरचनाको समीक्षा पछि यो निर्णय गरिएको हो।हाल जर्मनीमा करिब ३५–३६ हजार अमेरिकी सैनिक तैनाथ छन्, जसको करिब १४ प्रतिशत फिर्ता हुने जनाइएको छ।

यस निर्णयप्रति अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट र सुरक्षा विश्लेषकहरूले आलोचना गर्दै यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्न सक्ने बताएका छन्। विशेषज्ञहरूले युरोपमा अमेरिकी सैन्य उपस्थिति घट्दा क्षेत्रीय सुरक्षा र गठबन्धनमा असर पर्ने चेतावनी दिएका छन्।