Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


स्वयम्भूको अतिक्रमित बस्तीमा चल्यो डोजर


0
Shares

काठमाडाैं ।
स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ। अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो।

शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।

आज बिहान काठमाडौंका अन्यत्र पनि डोजर चलेको छ । माछापोखरी बालाजु लगायत विभिन्न स्थानमा नदी उकास र सडक किनारका संचरनामा डोजर चलाइएको छ।