Logo २ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026


डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त


3.6k
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास बोर्ड (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन्।

मन्त्रालयस्तरीय निर्णयअनुसार पाण्डेलाई महाप्रबन्धको जिम्मेवारी दिइएको हो। डा. पाण्डेले किसानको भुक्तानी समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बताएका छन्।

साथै, उत्पादनदेखि वितरणसम्मको प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै डीडीसीलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउने योजना अघि सारेका छन्।