Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बर्दियालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग


0
Shares

ठाकुरद्वारा । बर्दिया राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले वन्यजन्तु आक्रमण बढ्दै जाँदा बर्दियालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्।

कार्यक्रममा बोल्दै सांसदहरूले वन्यजन्तु संरक्षण सफल भए पनि पछिल्ला वर्षमा आक्रमणबाट मानवीय क्षति बढेको उल्लेख गरेका छन् । तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मात्रै ६८ जनाले ज्यान गुमाएका छन्।

स्थानीय तहका प्रतिनिधिहरूले संरक्षणसँगै मानव सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कानुनी र नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

प्रमुख जिल्ला अधिकारीले पनि निकुञ्ज क्षेत्र स्थानीयका लागि समस्या बन्दै गएको भन्दै संकटग्रस्त घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।