Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


चीनमा समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् । लेखिमा नाम दिइएको आँधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । विद्युत आपूर्ति बन्द हुँदा ३० लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ…