२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


दुई राष्ट्रपति ट्रम्प र इर्दोगानबीच पत्र युद्धः ‘मूर्ख नबन्न’ र ‘धेरै ठूलो नबन्न’ एकार्कालाई चेतावनी


0
Shares

काठमाडौं, असोज ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई कडा पत्र पठाएको सार्वजनिक भएको छ ।

कूटनीतिक रुपमा निकै नै ‘असाधारण’ मानिएको उक्त पत्रबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार सार्वजनिक गरेका छन् ।

गत साता अर्थात् अक्टोबर ९ मा ट्रम्पले लेखेको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरे टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् ।

टर्कीस राष्ट्रपति इर्डोगानलाई पठाएको पत्रमा ट्रम्प लेख्छन्, ‘उक्त विषयमा राम्रो सम्झौता गरौं’, ‘मूर्ख नबन’ ।

यस पत्रको जवाफ पठाउँदै टर्कीका राष्ट्रपति इदोगानले ट्रम्पलाई ‘धेरै ठूलो नबन’ भन्दै चेतावनी दिएका थिए ।

राष्ट्रपतिद्वयले फोनमा कुराकानी गरेको दुई दिनपछि अक्टोबर ९ मा उक्त पत्र लेखिएको थियो । ट्रम्पले ‘विश्वलाई नै पछि धकेल्ने काम नगर’ भन्दै चेतावनीपूर्ण भाषाको प्रयोग गरेका छन् । उनले सिरियाली कुर्दहरु वार्ता गर्न चाहन्छन् र कुनै सम्झौताको निष्कर्षमा पुग्न चाहेको पत्रमार्फत बताएका छन् ।

यद्यपि, अमेरिका समर्थित कुर्द लडाकुबारेमा पनि ट्रम्पको कुर्द पनि देवदूत नभएको भन्ने अर्को बयान आइसकेको छ ।

टर्कीले आफ्नो सीमामा रहेको सिरियाली भूभागबाट कुर्दलाई हटाएर ३२ किमी क्षेत्रमा सुरक्षित क्षेत्र बनाउन चाहेको छ । जहाँ पछि २० लाख सिरियाली शरणार्थीलाई राख्ने टर्किस राष्ट्रपति इर्डोगानले बताएका थिए । तर, यही विषयमा पछिल्लो पटक उसले कुर्दमाथि आक्रमण गर्दा लाखौं मानिस समस्यामा परेका छन् ।

अमेरिकाले यसअघि कुर्दहरुमाथिको टर्किको आक्रमणको निन्दा गर्दै केही मन्त्रालय र निकायलाई प्रतिबन्धको घोषणासमेत गरिसकेको छ । एजेन्सीहरु