Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


‘राजनीतिक अवस्था संवेदनशील छ, निराशालाई आशामा बदल्नुपर्छ’: पूर्वसभापति देउवा

सबै नेता तथा कार्यकर्ता सजग भएर राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्नुपर्नेमा जाेड

52
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक अवस्था अत्यन्तै संवेदनशील रहेको बताउनुभएकाे छ।

काठमाडौंमा शुक्रबारदेखि शुरु भएकाे कांग्रेसको इतर समूहकाे राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वसभापति देउवाले यस्तो बताउनुभएकाे हाे। अवस्थामा कांग्रेसका सबै नेता तथा कार्यकर्ता सजग भएर राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्नुपर्नेमा जाेड दिनुभएकाे छ। कांग्रेसका सम्पूर्ण साथीहरूले बडो सजग भएर राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्नुपर्ने समेत बताउनुभयाे।

उहाँले भन्नुभयाे,-“निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । त्यो दायित्व पनि सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसले लिनुपर्दछ।’ पूर्वसभापति देउवाले पछिल्लो समय समाजमा निराशा देखिएको भन्दै त्यसलाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको रहेको बताउनुभएकाे छ। लोकतन्त्रको पक्षमा सबै भन्दा बलियो राजनीतिक शक्ति कांग्रेस भएकाले जनतामा आशा जगाउने काममा पार्टी अग्रसर हुनुपर्नेमा जाेड दिनुभयाे।