भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु • Image Khabar Image Khabar


भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु


Imagekhabar
२७ आश्विन २०७६, सोमबार १६:११

भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु

काठमाडौं, असोज २७ । भारतको उत्तर प्रदेशमा सोमबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो ।

विस्फोटका कारण उक्त दुईतले घर भत्किएको छ । ठूलो विस्फोटपछि उक्त घरमा आगो लागेको स्थानीयले बताएका छन् ।

राज्य सरकारले मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्ने जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्