Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


अफगानिस्तानमा तालिवानद्वारा गाडी ठोक्काएर विस्फोट, १३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा तालिवानी विद्रोही समुहले गरेको आक्रमणमा परि १३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पुल ए खुमरीमा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएर विस्फोट गराइएको हो । विस्फोटलगतै आक्रमणकारीहरु हातहतियारसहित प्रहरी चौकी प्रवेश गरेका थिए । विस्फोटपछि सुरक्षाकर्मी र तालीवानी विद्रोहीबीच झडपसमेत भएको छ । झडपमा दर्जनौ घाइते भएका छन् ।…