
ब्रिस्बेन, असोज १५ । अस्ट्रेलियाको ब्रिस्बेनमा अधिकांश स्थानीयबासी घरको कौसीमा निस्किएर आकाशतिर हेर्दैथिए । नजिकैबाट विशाल विमानहरु उडेको दृष्य र ती विमानले निकालेका आवाज उनीहरुका लागि डरलाग्दो अनुभव थियो ।
ती विमान अस्ट्रेलियाकै वायुसेनाको हो । गगनचुम्बी भवनहरुको बीच–बीचमा बाटो बनाएर ती विमान उडिरहेका थिए । घरको कौसीमा निस्किएर हजारौं स्थानीयबासीले ती दृष्य हेरेका थिए ।
समाचार एजेन्सीहरुका अनुसार गत शनिबार अस्ट्रेलियन वायुसेनाले ब्रिस्बेनको आकाशमा असाधारण कला प्रस्तुत गर्ने क्रममा खतरनाक शैलीमा उडान गरेका हुन् । ती विमान वार्षिक रुपमा आयोजना हुने एउटा कार्यक्रमको हिस्सा बनेर अभ्यासमा केन्द्रित भएका हुन् ।
वायुसेनाका लडाकु जेट विमानका साथै कार्गो विमानले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । आपतकालिन अवस्थामा जस्तोसूकै परिस्थितिकाबीच विमान उडाउनुपर्ने भएकाले वायुसेनाले यस्तो अभ्यास गर्ने गरेको अधिकारीहरुको भनाइ छ ।
केहीले भने यस्तो उडानलाई ‘जोखिमपूर्ण’ भन्दै आलोचना गरेका छन् । उनीहरुले ‘एउटा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने’ भन्दै मानव बस्ती भएको क्षेत्रमा यस्तो जोखिम उठाउनु खतरनाक भएको आरोप लगाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्