२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रम्पले आफ्ना प्रतिश्पर्धी जो बाइडनमाथि छानविनका लागि चीनलाई गरे अनुरोध


0
Shares

वासिंटन, असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सम्भावित चुनावी प्रतिश्पर्धी जो बाइडनमाथि छानविन गर्न चीनसँग अनुरोध गरेका छन् ।

बाइडन परिवारले चीनमा गरेको लगानीमा अनियमितता र अपरादर्शिता रहेको भन्दै ट्रम्पले निष्पक्ष छानविनका लागि चीनसँग आग्रह गरेका हुन् । ट्रम्पले यसअघि यस्तै आशयले युक्रेनका राष्ट्रपतिलाई दबाब दिएका थिए ।

जुलाई २५ मा गरिएको युक्रेनी राष्ट्रपतिसँगको उक्त टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पविरुद्ध अमेरिकामा अहिले महाभियोगको प्रक्रिया चलिरहेको छ । ट्रम्पले भने महाअभियोगलाई बेतुकको कार्य भन्दै बाइडनमाथि निष्पक्ष छानविन हुनुपर्ने पुरानै अडान दोहो¥याएका छन्  ।

उता ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा वैदेशिक हस्तक्षेप निम्त्याएको आरोप विपक्षी सांसदहरुले लगाएका छन् । आफ्नो चुनावी अभिष्ठ पूरा गर्न ट्रम्पले युक्रेन र चीनलाई प्रयोग गर्न खोजेको उनीहरुको ठम्याइ छ । (एजेन्सी)