उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणको पुष्टि • Image Khabar Image Khabar


उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणको पुष्टि


Imagekhabar
१६ आश्विन २०७६, बिहीबार १३:००

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणको पुष्टि

प्योङयाङ, असोज १६ । उत्तर कोरियाले समुद्रमुनि तैनाथ पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । 

उसले ‘वान्सन बे’ मा तैनाथ आफ्नो पनडुब्बी जहाजबाट ‘पुक्सुङ–३’ नामक ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दावी गरेको छ । उक्त क्षेप्यास्त्र जापानको सागरमा खसेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

उत्तर कोरियाले यो वर्ष क्षेप्यस्त्र परीक्षण गरेको यो एघारौं पटक हो । उत्तर कोरियाको पछिल्लो कदमले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती पैदा गरेको छिमेकी देशहरुले प्रतिक्रिया दिएका छन् । जापान र अमेरिकाले उत्तर कोरियाली कदम विश्व जगतलाई भड्काउने खालको भएको भन्दै निन्दा गरेका छन् ।

उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शान्ति वार्तामा बस्न तयार भएको बताएसँगै क्षेप्यास्त्र निर्माण र परीक्षणलाई पनि तिब्रता दिएका छन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्