२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदर्शनकारीलाई इराकका प्रधानमन्त्रीद्वारा वार्ताका लागि आह्वान


0
Shares

बग्दाद, असोज १७ । इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले वार्ताको आह्वान गरेका छन् ।

सरकारविरोधी प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री महदीले आन्दोलनकारीसँग वार्ताका लागि आफू तयार रहेको बताएका हुन् । तीन दिनदेखि जारी विरोध प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रधानमन्त्री महदीले वार्ताबाटै समस्याको समाधान गर्न आफू तयार रहेको बताएका हुन् ।

राजनीतिक संकट समाधानका लागि प्रधानमन्त्रीले आन्दोलनकारीसँग निरन्तर वार्ताको प्रयास गरेको जनाइएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको भन्दै आन्दोलनकारीले सरकारविरोधी प्रदर्शनलाई तीव्र पारेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । (एजेन्सी)