काडमाडौं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिका लागि सिनेटर कमला ह्यारिसलाई अघी सार्नुभएको छ । लामो प्रक्रिया र विभिन्न चरणमा नेतृहरुसँग गरिएको अन्तर्वार्तापछि बाइडेनले क्यालिफोर्नियाकी ५६ वर्षीय सिनेटर ह्यारिसलाई छनौट गर्नुभएको हो । भारतीय मुलकी ह्यारिसले कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि बाईडेनलाई नैं चुनौती दिनुभएको थियो…