एजेन्सी । अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनविरुद्धको फौजदारी अभियोग खारेज गरेको छ । फ्लिन राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपमा विशेष सल्लाहकारको छानविनका क्रममा दोषी सावित भएका ट्रम्पका पूर्व सहयोगी मध्येका एक हुन् । उनले सन् २०१७ मा अमेरिकामा रसियाका राजदुतसँग भएको वार्ताको बारेमा जाँचबुझ आयोगसमक्ष झुटो बयान दिएको आरोप लगाइएको थियो…