कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु • Image Khabar Image Khabar


कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु


Imagekhabar
११ असार २०७७, बिहीबार ०७:४१

कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु

काठमाडौं । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु भएको छ ।

स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

परीक्षणमा सहभागी हुने व्यक्तिहरुलाई हाल ‘इम्युनाइज्ड्’ गर्न थालिएको छ ।

इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो ।

झण्डै ३ सय जनालाई आउँदो केही हप्ता कोरोना भाइरसविरुद्धको यो नयाँ खोप दिइने छ ।

जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानवीय परीक्षण थालिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको अर्को खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो ।

सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक तथा अनुसन्धान संस्थाहरु जुटेका छन् ।

अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्