जम्मु–कश्मिरमा नेपाली युवाको मृत्यु • Image Khabar Image Khabar


जम्मु–कश्मिरमा नेपाली युवाको मृत्यु


Imagekhabar
९ असार २०७७, मंगलवार २०:५४

जम्मु–कश्मिरमा नेपाली युवाको मृत्यु

काठमाडौं, असार ९ । भारतको जम्मु–कश्मिरमा भएको गोलाबारीमा परी गुल्मीका एक युवाको मृत्यु भएको छ ।

भारतीय सेनामा कार्यरत गुल्मी, छत्रकोटका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गोलाबारीमा मृत्यु भएको हो ।

जम्मु र कश्मिरमा भारतीय र पाकिस्तानी सेनाबीच भएको गोलाबारीमा परी गम्भीर घाइते भएका कार्कीको उपचारकाक्रममा मृत्यु भएको हो ।

जम्मु–कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ कार्की ड्युटीमै रहेको समयमा गोलाबारीमा परेका थिए ।

१८ वर्षअघि भारतीय सेनामा भर्ती भएका कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५, मणिग्राम बस्दै आएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्