उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध तत्काल सैन्य आक्रमण नगर्ने • Image Khabar Image Khabar


उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध तत्काल सैन्य आक्रमण नगर्ने


Imagekhabar
१० असार २०७७, बुधबार ११:०५

उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध तत्काल सैन्य आक्रमण नगर्ने

काठमाडौं । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियाविरुद्ध ‘सैन्य आक्रमण’ को योजना तत्कालका लागि निलम्बन गरेको छ ।

पछिल्ला केही हप्ता दुई कोरियाबिच तनाव उत्कर्षमा पुगेको छ । दक्षिण कोरियाले सीमा क्षेत्रबाट बेलुन प्रयोग गरेर उत्तर कोरियामा प्रोपोगाण्डा सामग्री पठाएपछि कोरियाली प्रायदिपको तनाव नयाँ उचाईमा पुगेको हो ।

तनाव बढ्दै जाँदा उत्तर कोरियाले सैन्य आक्रमणको योजना बनाएको बताइएको थियो । तर उत्तर कोरियाले तत्कालका लागि सो योजना पाखा लगाएको छ ।

उत्तरका सर्वोच्च नेता किम जोङ–उनसहितको बैठकले सैन्य आक्रमण गर्ने सम्बन्धी योजना तत्कालका लागि थाती राख्ने निर्णय गरेको हो ।

किमकी बहिनी किम यो–जोङले हप्ता दिनअघि आर्मीलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्