एजेन्सी, मंसिर ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिएका अनेक अड्कलबाजी भइरहँदा उहाँले कारण प्रष्ट गर्नुभएको छ । अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी मुद्दामामिला चलिरहेकाले कानूनी लडाईंको निर्णय नआउँदासम्म प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडनलाई बधाई दिने स्पष्ट गर्नुभएको हो । औपचारिक बधाई दिन ढिलाई गरेकै कारण रुस…