ग्वाटेमालामा प्रदर्शनकारीहरुद्वारा संसद भवनमा आगजनी र तोडफोड • Image Khabar Image Khabar


ग्वाटेमालामा प्रदर्शनकारीहरुद्वारा संसद भवनमा आगजनी र तोडफोड


Imagekhabar
७ मंसिर २०७७, आईतवार ०७:०५

ग्वाटेमालामा प्रदर्शनकारीहरुद्वारा संसद भवनमा आगजनी र तोडफोड

काठमाडौं । ग्वाटेमालामा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् ।

राजधानी ग्वाटेमाला शहरमा रहेको संसद खाली रहेको समयमा विपक्षी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका हुन ।

विपक्षीहरुले संसदबाट पारित भएको बजेटको विरोध गरेका छन् । उनीहरुले राष्ट्रपति अलेक्जेन्ड्रो जियाम्माटेनीको राजीनामा समेत मागेका छन् ।

बजेटले सरकारसंग नजिक रहेका कम्पनीहरुलाई ठूला संरचनाका आयोजना संचालन गर्ने गरि प्राथमिकता दिएको र कोरोनाका कारण सामाजिक र आर्थिक क्षेत्रमा परेको प्रभावका सम्बन्धमा कुनै ध्यान नदिएको आरोप लगाएका छन् ।

ग्वाटेमालामा हालैमा समुद्री आंधीका कारण ठूलो जनधनको क्षति भएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्