जो बाइडनलाई बधाई नदिनुमा रुसी राष्ट्रपति पुटिनको यस्तो छ तर्क « Image Khabar


जो बाइडनलाई बधाई नदिनुमा रुसी राष्ट्रपति पुटिनको यस्तो छ तर्क


Imagekhabar
८ मंसिर २०७७, सोमबार ११:५९

Russia putin

एजेन्सी, मंसिर ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिएका अनेक अड्कलबाजी भइरहँदा उहाँले कारण प्रष्ट गर्नुभएको छ ।

अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी मुद्दामामिला चलिरहेकाले कानूनी लडाईंको निर्णय नआउँदासम्म प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडनलाई बधाई दिने स्पष्ट गर्नुभएको हो ।

औपचारिक बधाई दिन ढिलाई गरेकै कारण रुस र अमेरिकाको सम्बन्धमा कुनै असर नपर्ने पनि पुटिनले रुसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ ।

रुसी सहयोगका कारण चार वर्षअघि डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विषयले दुई देशबीच विवाद देखिँदै आएको छ । भने ट्रम्प पुटिनका प्रशंशक पनि मानिनुहुन्छ ।

बाइडनलार्य त्रधाई नदिएर सम्बन्ध खराब त बनाउँदै हुनुहुन्न भन्ने प्रश्नमा पुटिनले भन्नुभयो, ‘जुन सम्बन्ध पहिलेदेखि नै खराब छ भने अब के खराब होला ।’

पुटिनले थप्नुभयो, ‘हाम्रो निवर्तमान राष्ट्रपति ट्रम्प र नव–निर्वाचित राष्ट्रपति जो बाइडेन दुबैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कसैसँग कुनै समस्या छैन । यो एक औपचारिक विषय हो । हाम्रो लुकेको कुनै एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिकता निभाउन हतार गर्दा खराब भएको सम्बन्ध राम्रो हुनेछ ।’

‘पछिल्लो पटक पनि सबैले हिलेरी क्लिन्टनलाई बधाई दिएका थिए तर ट्रम्पले जितेका थिए,’ पुटिनले अन्तर्वार्तामा भन्नुभयो ।

आफू अमेरिकी जनताले चुनेका कुनै पनि राष्ट्रपतिसँग काम गर्न तयार भएको भन्दै उहाँले तर महत्वपूर्ण भोटको गन्ती हुञ्जेल र घरेलु राजनीतिक संघर्ष समाप्त नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्