एजेन्सी । क्रोयसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको छ । सैयौं मानिस घाइते भएका छन् भने सैयौं घरहरू भत्किएका छन् । अहिले पनि उद्दारको कार्य जारी रहेको सरकारी एन१ टेलिभिजनले जनाएको छ ।…