भारतमा आगामी शनिवारदेखि ३० करोड जनतालाई कोरोना खोप लगाइंदै « Image Khabar


भारतमा आगामी शनिवारदेखि ३० करोड जनतालाई कोरोना खोप लगाइंदै


Imagekhabar
२६ पुष २०७७, आईतवार ०९:३७

काठमाडौं । भारतमा आगामी शनिवारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाई सम्म ३० करोड जनतालाई खोप लगाउने बताउनुभयो ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने ३ करोड जनतालाई खोप दिइनेछ । त्यसपछि ५० वर्ष भन्दा बढी उमेरका र गंभीर प्रकृतिका स्वास्थ्य समस्या भएका करिब २७ करोड जनतालाई खोप लगाइने तयारी छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको अस्ट्राजेनेका र स्थानीय रुपमा उत्पादन भैरहेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्