काठमाडौं । अमेरिकी संसदका अधिकांश सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । गत हप्ता संसद भवनमा भएको आक्रमणको जिम्मेवार ठहर्याउँदै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता भएपछि अधिकांश सांसदहरुले महाअभियोगको पक्षमा मतदान गर्ने जनाएका हुन् । राष्ट्रपति ट्रम्पले गत नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै आउनुभएको थियो ।…