नेदरल्याण्डमा कर्फ्यूको उल्लंघन, झडपमा कयौं घाइते • Image Khabar Image Khabar


नेदरल्याण्डमा कर्फ्यूको उल्लंघन, झडपमा कयौं घाइते


Imagekhabar
१३ माघ २०७७, मंगलवार ०७:१६

नेदरल्याण्डमा कर्फ्यूको उल्लंघन, झडपमा कयौं घाइते

काठमाडौं । नेदरल्याण्डमा कफ्यूको उल्लंघन गर्दै प्र्रदर्शनकारीहरुसँग झडप भएको छ । झडपमा कयौं घाइते भएका छन् । कोरोना महामारी नियन्त्रणमा लागि लगाइएको कफ्यूको उल्लंघन गर्नै सर्वसाधारणले त्यसको विरोधमा प्रदर्शन गर्न थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री मार्क रुट्टले सरकारी निर्देशनको अवज्ञा गरेर हिंसा मच्चाउनु दुख भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले देशव्यापी रुपमा भएका हिंसाका घटना नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने चेतावनीसमेत दिनुभयो ।

आइतबार भएको हिंसामा कयौ घाइते भएको समाचारमा जनाइएको छ । सरकारले कफ्यू र निषेधाज्ञा घोषणा गरेसँगै गत हप्ताबाट नेदरल्याण्ड्सका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् ।

नयाँ स्वरुपको कोरोनाको संक्रमण देखा परेसँगै नेदरल्याण्डमा थप कडाइ गरिएको हो । शिक्षण संस्था, सार्वजनक स्थल र समारोह गर्न पनि रोक लगाइएको छ । पछिल्लो समय नयाँ स्वरुपको कोरोनाको संक्रमण तीव्र गतिमा फैलन थालेसँगै बेलायत, दक्षिण अफ्रिका र दक्षिणअमेरिकाबाट हवाइ उडानहरुमा प्रतिबन्द लगाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्