चीनको सुनखानीमा दुई हप्ताअघि फसेका १० कामदार मृत भेटिए • Image Khabar Image Khabar


चीनको सुनखानीमा दुई हप्ताअघि फसेका १० कामदार मृत भेटिए


Imagekhabar
१३ माघ २०७७, मंगलवार १०:३३

चीनको सुनखानीमा दुई हप्ताअघि फसेका १० कामदार मृत भेटिए

काठमाडौं । चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० कामदार मृत भेटिएका छन् । दुई हप्तासम्म खानीको सुरुङमा फसेका ११ कामदारलाई जीवितै उद्धार गरिए पनि अरु १० जना भने मृत भेटिएका हुन् ।

शाङ्डोङ्ग प्रान्तको सुनखानीमा दुई हप्ता पहिले फसेका ११ जनाखानी मजदुरलाई झण्डै दुई हप्तापछि जीवितै उद्धार गरिएको थियो । तर १० जनाको भने शव भेटिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ । अझै एकजना बेपत्ता छन् ।

जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो । सुरुङको प्रवेशद्वार भत्किँदा गएको जनवरी १० मा हुशान खानीमा मजदुर फसेका थिए । आइतबार ११ जनालाई जीवितै उद्धार गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्