एजेन्सी, असोज ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको छ । उनी महिला रहेको जनाइएको छ । उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार आशंकित व्यक्ति क्यूबेककी ५३ वर्षीया पास्कल फेरियर हुन् । उनलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरिएको…