
काठमाडौं । भारतको महाराष्ट्रस्थित भिवण्डीमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ ।
२० जनाको जीवितै उद्धार गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले उद्धार जारी रहेको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्