रुसी विपक्षी नेता नाभाल्नीको शरीरमा कडा खालको स्नायुविष प्रयोग भएको पुष्टि • Image Khabar Image Khabar


रुसी विपक्षी नेता नाभाल्नीको शरीरमा कडा खालको स्नायुविष प्रयोग भएको पुष्टि


Imagekhabar
६ आश्विन २०७७, मंगलवार ०८:२२

रुसी विपक्षी नेता नाभाल्नीको शरीरमा कडा खालको स्नायुविष प्रयोग भएको पुष्टि

काठमाडौं । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको बताउनुभएको छ ।

उहाँले शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसनधानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गर्नुभएको हो ।

बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उहाँ चढेकोे विमानलाई बिचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो ।

उहाँलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो ।

फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले आफ्नो शरीरमा उक्त विष रहेको पुष्टि गरेको उनको भनाइ छ ।

कोमाबाट सामान्य अवस्थामा फर्केका रूसी विपक्षी नेता नाभाल्नीको यो पहिलो सार्वजनिक टिप्पणी हो । नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिनुहुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्