जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो । उहाँहरुको छोटो चर्चा यहाँ गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुनुुहुन्छ…