अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति क्वारेन्टिनमा • Image Khabar Image Khabar


अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति क्वारेन्टिनमा


Imagekhabar
१६ आश्विन २०७७, शुक्रबार १०:१३

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति क्वारेन्टिनमा

काठमाडौं । आफ्ना नजिककी सहयोगीमा कोरोना पोजेटिभ देखिएसंगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा बस्नुभएको छ ।

ट्रम्पकी सहयोगी होप हिक्समा कोभिड पोजेटिभ भएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बसेको ट्रम्पले ट्विटर मार्फत जानकारी गराउनुभएको बीबीसीले जनाएको हो ।

ट्रम्पले होपमा संक्रमण पुष्टि भएसंगै आफू र प्रथम महिलाले पनि कोभिडको परीक्षण गराइ नतिजा कुरिरहेको उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुगेको बताइएको छ ।

हिक्स गत मंगलबार राष्ट्रपतिको प्लेनबाट विना मास्क उत्रिरहेको तस्बीर समेत सार्वजनिक भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्