काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गएपछि इटालीमा प्रतिबन्धात्मक नियम लागु हुने भएको छ । आगामी सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ । इस्टरका बेला अप्रिल ३…