माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद विस्फोटमा परि घाइते « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद विस्फोटमा परि घाइते


0
Shares

एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिद आत्मघाती विस्फोटमा परि घाइते हुनुभएको छ ।

राजधानी मालेमा कार चढ्ने क्रममा गराइएको आत्मघाती बिस्फोटमा उहाँ घाइते हुनुभएको हो ।

पूर्वराष्ट्रपति नासिदको कार नजिक बिस्फोटक पदार्थले भरिएको मोटरसाइकल बिस्फोट गराइएको थियो ।

शरीरमा बमका छर्राहरु लागेपछि उहाँलाई अस्पताल लगिएको छ ।

नासिदका कार चालक पनि विष्फोटमा घाइते भएका छन् ।

यसैबीच माल्दिभ्सका राष्ट्रपति इबु सोलिहले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

माल्दिभ्समा विद्रोही जिहादी समुहले आक्रमण गरेको हुन सक्ने आशंका गरिए तापनि घटनाको जिम्मेवारी कसैले लिएको छैन ।