एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण संकटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै समुदायलाई सन् २०२१ उपचारात्मक वर्षको रूपमा मनाउन भिडियो सन्देश आह्वान गर्नुभएको छ । भिडियो सन्देशमार्फत नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले महामारीका विरुद्धमा सँगसँगै लड्नु…