मतदान केन्द्रमा आक्रमण भएपछि मध्य अफ्रिकामा भएको निर्वाचन बिथोलियो « Image Khabar


मतदान केन्द्रमा आक्रमण भएपछि मध्य अफ्रिकामा भएको निर्वाचन बिथोलियो


Imagekhabar
१४ पुष २०७७, मंगलवार ०७:०७

काठमाडौं । विद्रोहीको हमलाका कारण मध्य अफ्रिकामा भएको निर्वाचन बिथोलिएको छ । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) का १४ प्रतिशत भन्दा बढी मतदान केन्द्रहरुमा विद्रोहीहरुले आक्रमण गरेका थिए ।

राष्ट्रपतिय निर्वाचनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको सरकारले दावी गरेपनि विद्रोहीको आक्रमणका कारण निर्वाचन बिथोलिएको हो । निर्वाचन आयोगले आफ्ना कर्मचारीलाई मतदान प्रक्रिया सञ्चालनमा रोक लगाइएकाले निर्वाचन हुन नसकेको जनाएको छ ।

स्थानीय प्रशासनले पनि पश्चिमी क्षेत्रका विभिन्न शहरमा विद्रोहीले आक्रमण गरेको जनाएको छ । सन् २०१३ यता लगातार हिंसाका घटनाहरु भइरहेकाले हजारौं सर्वसाधारणको मृत्यु भइसकेको छ । यस्तै द्वन्द्वका कारण हजारौं विस्थापित भएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्