काठमाडौं । अमेरिकी डेमोक्र्याट्स सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पका समर्थकले गत साता अमेरिकी संसद भवनमा प्रवेश गरेर हिंस्रक गतिविधि गरेको भन्दै संसदका दुवै सदनले महाअभियोग लगाउने तयारी गरेका हुन् । राष्ट्रपति ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन गरेर बर्खास्त नगरे महाअभियोग लगाउने तल्लो…