इरानको विद्रोही आईआरजीसीद्वारा भूमिगत मिसाइल केन्द्रको सुरुवात, अमेरिकासँग सोलेमानीको हत्याको बदला लिने चेतावनी « Image Khabar


इरानको विद्रोही आईआरजीसीद्वारा भूमिगत मिसाइल केन्द्रको सुरुवात, अमेरिकासँग सोलेमानीको हत्याको बदला लिने चेतावनी


Imagekhabar
२५ पुष २०७७, शनिबार ०६:५२

काठमाडौं, पुस २५ । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल बेसको सुरुवात गरेको छ ।

अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल केन्द्रको अनावरण गरेको हो ।

राष्ट्रिय टेलिभिजनमा प्रशारण गरेका दृष्यहरुअनुसार आईआरजीसीका उच्चस्तरिय कमाण्डरहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

सो केन्द्रमा शक्तिशाली आणविक हतियारहरुको पनि प्रदर्शन गरीएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत साता आईआरजीसीसँग भएको तनावपछि मध्यपूर्वमा अमेरिकी सेनाले आधुनिक हतियारसहित सुरक्षा दस्ता बढाएको छ ।

गत हप्ता अमेरिकाले इरानमाथि धम्की दिएको भन्दै आफ्नो शक्ति प्रदर्शन गरेको आईआरजीसीले जनाएको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका शीर्ष आणविक वैज्ञानिक कासेम सोलेमानीको हत्या भएको थियो ।

सोलेमानीको वार्षिक पुण्य तिथिमा भएको कार्यक्रममा इरानी अधिकारीहरुले हत्याको बदला लिने चेतावनी दिएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्