काठमाडौं, जेठ २४ । भारतको राजधानीमा नयाँ दिल्लीमा सोमबारदेखि मेट्रो ट्रेनको सेवा फेरि सुचालु गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा फेरि थालनी गरिएको हो । कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको…