एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ ।
पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् । बुधबार दिउँसाे पहिराे जाँदा पुरिएका १४ जना घाइतेहरुको पनि उद्धार गरिएको छ । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ ।
पहिराे गइरहेकाले राहत र उद्धारमा समस्या भएकाे बताइएकाे छ ।पहिराेमा पुरिएक सवारी साधनहरु हिरद्धार जाँदै थिए ।









प्रतिक्रिया दिनुहोस्