एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो । धम्की बारे सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ…