एजेन्सी । हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अँगालोको न्यानोपना महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरुले यस वर्षको चिकित्सा विज्ञानको नोबेल पुरस्कार जितेका छन् । अमेरिकी डेभिड जुलियस र आर्डेम पाटापौटियनले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा शरीरले गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कार जितेका हुन् । उनीहरूले…