
काठमाडौं । आतंकवादी समुह इस्लामिक स्टेट आई.एस.का नेता अबु इब्राहिम अल–हासिमी अल–कुरेसीको मृत्यु भएको छ ।
सिरीयामा अमेरिकी सेनाले गरेको विशेष कारबाहीपछि अल कुरेसीको मृत्यु भएको हो । झण्डै रातभरी चलेको गोलीबारीपछि अल कुसेरी लुकेको अखडालाई अमेरिकी सेनाले घेरा हालेपछि अल कुरेसीले आफैलाई विष्फोट गराएका हुन् ।
आफु उम्कन नसक्ने देखेपछि अल कुरेसीले परिवारसहित आत्माघाति विष्फोट गराएका हु्न ।
उत्तरी सिरीयाको एक शहरमा अल कुसेरी बस्दै आएको गोप्य सूचनाको आधारमा अमेरिकी सेनाले आक्रमण गरेको आतंकवादी समुह इस्लामिक स्टेटका नेता अल– कुरेसीको मृत्यु भएको छ ।
अमेरिकी सेनाले घेरा हालेपछि आफैंलाई विष्फोट ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको छ । घटनामा आईएसका अर्का एक जना वरिष्ठ नेताको पनि मृत्यु भएको अमेरिकाको दावी छ ।
अतिवादी समुह आई.एसले भने घटनाको विषयमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया दिनुहोस्